२ लाख ७५ हजार बराबरको अवैध सामान बरामद



कैलालीः कैलालीको भजनी र कैलारीबाट सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेको छ ।

भन्सार छली ल्याउँदै गरेको सुर्तीजन्य पदार्थ लगायतका बस्तुहरू सशस्त्र प्रहरी बल ३४ नं.गण कैलाली तथा मातहतका बि.ओ.पि.टोलीले २ लाख ७५ हजार बराबरको बिडी, सुर्तीजन्य पदार्थ पाष्टिकको डोरी र मोबिललगायतका सामानहरू बरामद गरेको हो ।

भजनी नगरपालिका वडा नं.७ हिम्मतपुर र कैलारी गाउँपालिका वडा नं.३ भितरिया घाटबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको सामान बरामद गरेको गणले जनाएको छ ।

प्रकाशितः ५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्