सुदूरपश्चिम प्रदेशमा थपिए ३६ जना कोराना संक्रमित



धनगढीः सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज ३६ जनामा कोराना पुष्टि भएको हो ।

अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४२६ नमूना जाँच गर्दा ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमा सबै भन्दा बढी धनगढीका ३० जना रहेका छन् ।

संक्रमण पुष्टि भएका धनगढी कैलालीका ३०, कैलाली गोदावरीका ४, अछाम बान्नीगढीका २ जनामा गरि ३६ जनामा कोराना पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशितः ५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्