कैलालीका ३४ सहित सुदूरपश्चिममा थप ९२ जनामा कोरोना पुष्टि



धनगढी : कैलालीका ३४ सहित सुदूरपश्चिममा थप ९२ जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ९२ जनामा संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा ५ सय २९ जनाको कोरोना परीक्षण भएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रशाद भूषालले जानकारी दिए ।

उनका अनुसार डोटीको शिखर नगरपालिकाका १३, केआईसिंह नगरपालिकाका २ र जोरायल गाउँपालिकाका १ एक जना रहेका छन् । अछामको साँफेवगर नगरपालिकाका २५, पञ्चदेवल विनायक नगरपालिकाका १०, मेल्लेख गाउँपालिकाका १ जनामा पनि कोरोना पुष्टि भएको उनले बताए ।

डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ र बैतडीको सिगास गाउँपालिकाका २ जनामा पनि संक्रमण पुष्टि भएको छ । सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय २६ जनाको कोरोना परीक्षण भएकोमा ३६ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै कैलालीका ३४ र अछामका २ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताएका छन् । उनका अनुसार धनगढी उप–महानगरपालिकाका १४ महिला र १६ पुरुष गरी ३० जना र गोदावरी नगरपालिकाका ४ पुरुष रहेका छन् ।

धनगढी वडा नं.३, ४ र ११ का एक÷एक जना, १२ का ११ जना, १३ का २ जना, १४ का ५ जना, १८ का ६ जना र वडा नं.१९ का ३ जनामा संक्रमण पुष्टि भएको छ । उता अछामको बान्नीगढी जयगढका १ महिला र १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रकाशितः ५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्