अछामको बयालपाटा अस्पतालका १९ जना स्वास्थ्यकर्मी कर्मचारीमा कोरोना पुष्टि



अछामः अछामको बयालपाटा अस्पतालका १९ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

अछामको बयालपाटा अस्पतालका १९ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना भाईरसको संक्रमण देखिएको हो ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ स्वास्थ्यकर्मी कर्मचारीलाई संक्रमण देखिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा.विकाश गौचनले बताए ।

बयालपाटा अस्पतालको विभिन्न विभागमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

५ जना अस्पतालको प्रयोगशालामा कार्यरत कर्मचारी हुन् । यसअघि अस्पतालका २ जना कर्मचारीलाई संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक बाहेका सेवा बन्द गरिएको थियो ।

प्रकाशितः ५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्