टीकापुरको खाद्यान्न तथा दूध डेरीमा आगलागी, लाखौँको क्षति



टीकापुरः कैलालीको टीकापुर नगरपालिका ब्लक नं. बी स्थित खाद्यान्न तथा दुध डेरीमा आगलागी भएको छ ।

गएराति डेढ बजेतिर व्यापारी खगेन्द्रराज कोइरालाको तुलसी इन्टरप्राइजेज तथा तुलसी दुध डेरीमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

विद्युत सट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । टीकापुर बजारको ठूलो पसलका रुपमा चिनिने पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको हो ।

पसलमा खाद्यान्न, किरानाका सबै सामान पाइन्थे । पसलसँगै दुध डेरी पनि सञ्चालनमा थियो । आगलागीबाट पसल सबै नष्ट भएको छ । आगजनीबाट भएको क्षतिको विवरण लिने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशितः भदौ ६, २०७७

प्रतिक्रिया दिनुहोस्