घोडाघोडी नगरपालिका सिल



सुखडः कैलालीको घोडाघोडी नगरपालिकाका ३ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका सिल गरिएको छ ।

बिहीबार स्वास्थ्य शाखाका एक, योजना शाखाका एक र एक जना चालकमा कोरोना पुष्टि भएपछि शुक्रवारबाट नगरपालिका सिल गरिएको स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले जानकारी दिए ।

स्वास्थ्य सहितका अत्यावश्यक बाहेक सबै काम बन्द भएका छन् उनले भने,‘प्रशासनिक काम केही पनि भएको छैन । पोजेटिभ आएकाहरूको कनट्याक्ट ट्रेसिङको काम भइरहेको छ ।’ शुक्रवार नगर प्रमुख ममता प्रसाद चौधरी लगायत संक्रमित ३ जनाको सम्पर्कमा आएका करिब ७७ जनाको स्वाब संक्रलन गरेको उनले बताए । संक्रमण फैलिँदै गएसँगै अहिले आइसोलेसन तयार गर्ने तयारीमा रहेको उनले बताए ।

प्रकाशितः भदौ ६, २०७७

प्रतिक्रिया दिनुहोस्