सुदूरपश्चिममा आइतबार सार्वजनिक बिदा



धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले भदौ ७ गते अर्थात् भोली सार्वजनिक बिदा दिने भएको छ ।

थारु समुदायले मनाउने अट्वारी पर्वको अवसरमा भोली एक दिन सार्वजनिक विदा दिइएको हो । २०७७ सालमा दिइने सार्बजनिक बिदाको सूची सार्वजनिक भैसकेको बताउँदै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले भदौ ७ गते थारु समुदायको ‘अटबारी पर्व’ को बिदा दिएको बताए ।

अट्वारीलाई थारु समुदायमा दाजुभाई, दिदीबहिनी र छर छिमेकीहरुबीच माया, ममता सद्भाव र भातृत्व कायम गर्ने पर्वका रुपमा मनाइन्छ ।

प्रकाशितः भदौ ६, २०७७

प्रतिक्रिया दिनुहोस्