नेकपा कार्यदलले बुझायो ओली–प्रचण्डलाई प्रतिवेदन



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद मिलाउन गठित कार्यदलले आफ्नो प्रतिवेदन नेकपा अध्यक्षद्वयलाई बुझाएको छ ।

गत साउन ३० गते नेकपा अध्यक्षद्वाय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार पारेको हो ।

शनिबार साँझ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का कार्यकारी अध्यक्ष प्रचण्डलाई कार्यदलले प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा प्रधानमन्त्रीको राजीनामाको मागलाई थाती राख्ने, सैद्धान्तिक तथा अन्य विवादलाई महाधिवेशनले टुंगो लगाउने लगायत सुझाव रहेको छ ।

नेकपाले पार्टीमा जारी विवाद समाधानका लागि नेताहरु विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल र जनार्दन शर्माको ६ सदस्यीय कार्यदल गठन गरेको थियो । सोही कार्यदलले शनिबार आफ्नो काम सम्पन्न गर्दै प्रतिवेदन तयार पारेको हो ।

यस्तो छ कार्यदलको सुझाव :
– प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको एजेन्डामा आधारित भएर छलफल अघि बढाउने ।
– सैद्धान्तिक तथा विवादित अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने ।
– आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने ।
– सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने ।
– सरकारको उपस्थिति र भमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रीपरिषद् र प्रदेश सरकारमा केही हेरफेर गर्ने ।
– कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय समिततिको बैठक बोलाउने ।

प्रकाशित : भदौ ६, २०७७

प्रतिक्रिया दिनुहोस्