प्रदेश २ मा ८५२० संक्रमित, ५९ जनाको मृत्यु



जनकपुरधाम : प्रदेश नं.२ मा शनिबार २५ जना महिलासहित १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार पर्सामा ५७ जना, बारामा ३५ जना, सिरहामा ३४ जना, महोत्तरीमा २४ जना, धनुषामा २१ जना, सर्लाहीमा ११ जना, सप्तरीमा ५ जना र रौतहटमा २ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ८ हजार ५ सय २० पुगेको छ । संक्रमितमध्ये ७ हजार ३ सय २५ पुरुष र १ हजार १ सय ९५ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

पर्सामा संक्रमण पुष्टी भएकाहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर–४ देखि २५ सम्मका ४८ र ५५ वर्षीया २ जना महिला एवं २४ देखि ६० वर्ष उमेर समुहका १५ जना पुरुष, वीरगञ्ज–२६ सुगौली विर्ताका ५८ वर्षीय एक पुरुष, बहुदरमाई नगरपालिका–७ का २५ वर्षीय एक पुरुष, पर्सागढी नगरपालिका–४,५ र ६ का ३ देखि ४२ वर्ष उमेर समुहका ४ जना महिला एवं १७ देखि ६२ वर्ष उमेर समुहका २१ ज्ना पुरुष, पटेर्वा सुगौली गाउँपालिका–४ का ३५ वर्षीया एक महिला र २९ र ३३ वर्षीय २ जना पुरुष, सखुवा प्रसौनी गाउँपालिका–४ का ४२ वर्षीय एक पुरुष, ठोरी गाउँपालिका–१ र ४ का २६ देखि ६८ वर्ष उमेर समुहका ३ जना पुरुष, खरैना–११ का ४२ वर्षीय एक पुरुष, जिल्ला प्रहरी कार्यालय पर्साका ५३ वर्षीय एक पुरुष, धोरी–१ का ५८ वर्षीय एक पुरुष, हेल्थ पोष्ट सबैठुवाका ४५ वर्षीय एक पुरुष, हेल्थ पोष्ट पकहाका २४ बर्षिय एक पुरुष र नारायणी अस्पतालका ५५ वर्षीय एक पुरुष रहेका छन् ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ र १० का ५२ बर्षिया एक महिला एवं २१ र ३५ बर्षिय २ जना पुरुष, परशुरामपुर–४ का ७२ वर्षीय एक बृद्ध, जिल्ला प्रहरी कार्यालय कलैयाका २० वर्षीय एक पुरुष, प्रसौनी गाउँपालिकाका १५ देखि ७६ वर्ष उमेर समुहका ६ जना महिला र १६ देखि ५७ वर्ष उमेर समुहका २० जना पुरुष र ठेगाना खुल्न नसकेको २१ वर्षीया एक महिला एवं २८ देखि ३८ वर्ष उमेर समुहका ३ जना पुरुष संक्रमित भएका छन् ।

सिरहाका संक्रमितहरु गोलबजार नगरपालिका–६ का ४० र ४८ वर्षीय २ जना पुरुष, लहान नगरपालिका–९ र २१ का १७ र २१ वर्षीय २ जना पुरुष र इलाका प्रहरी कार्यालयका २४ देखि ५३ वर्ष उमेर समुहका ३० जना रहेका छन् ।

महोत्तरीको बलबा नगरपालिका घर भई हाल जानकी हेल्थ केयर जनकपुरमा रहेका ७७ वर्षीय एक बृद्ध, बर्दिबास नगरपालिका–१ र १४ का ३५ देखि ५० वर्ष उमेर समुहका ३ जना महिला र २६ देखि ५० वर्ष उमेर समुहका ८ जना पुरुष, बर्दिबासस्थित एसबिआइ बैंकका २३ र ४६ वर्षीय २ जना पुरुष, श्री त्रिमावि गौशालाका २७ देखि ६५ वर्ष उमेर समुहका ९ जना पुरुष र गौशालास्थित सिटिजन्स बैंकका ३० वर्षीय एक पुरुष संक्रमित भएका छन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–११ का ५० र ७० वर्षीया २ जना महिला एवं १५ र १७ वर्षीय २ जना युवक, प्रादेशिक अस्पतालका २६ र ४० वर्षीया २ जना महिला एवं २४ देखि ५७ वर्ष उमेर समुहका ७ जना पुरुष, बैंक अफ काठमाडौंका उमेर खुल्न नसकेका १ जना पुरुष, एभरेष्ट बैंकका ३० वर्षीय एक पुरुष, सिद्धार्थ बैंकका ३० वर्षीय एक पुरुष, जनकपुर–३ स्थित हेल्थ अफिसका ३० वर्षीया एक महिला, धनुषाधाम चन्द्रनगर गाउँपालिकाका ३२ वर्षीय एक पुरुष, लोहरपट्टी–२ का ३५ वर्षीया एक महिला, सशस्त्र प्रहरीका ३५ वर्षीय एक पुरुष र ठेगाना खुल्न नसकेका २५ वर्षीय एक पुरुष समेत कोरोना संक्रमणको चपेटामा परेका छन् ।

सर्लाहीको धनकौल–४ घर भई हाल प्रादेशिक अस्पताल जनकपुरमा रहेका ४९ वर्षीय एक पुरुष, चन्द्रनगर गाउँपालिकाका २७ देखि ६१ बर्ष उमेर समुहका ४ जना पुरुष, मलङ्गवा नगरपालिकाका २८ वर्षीय एक पुरुष र गोडैता नगरपालिकाका ३३ देखि ४८ वर्ष उमेर समुहका ५ जना पुरुष संक्रमित भएका छन् ।

सप्तरीका संक्रमितहरु चन्द्रनगर गाउँपालिका महादेवाका ३५ वर्षीय एक पुरुष, बोदेबर्साइन नगरपालिकाका २८ र ३९ वर्षीय २ जना पुरुष र तिलाठी कोइलाडी गाउँपालिका–७ का २७ र ५७ वर्षीय २ जना पुरुष रहेका छन् । रौतहटको गौर नगरपालिका–७ का ६७ वर्षीया एक महिला र ठेगाना खुल्न नसकेका २३ वर्षीय एक पुरुष कोरोना संक्रमित भएका छन् ।

प्रदेशभरीमा शनिबारसम्म सप्तरीमा १२ हजार ६ सय ७०, सिरहामा ६ हजार ७४, धनुषामा ९ हजार ७ सय २९, महोत्तरीमा ५ हजार ६ सय ४, सर्लाहीमा १० हजार १ सय ११, रौतहटमा १९ हजार २ सय ३२, बारामा ७ हजार ३ सय ३८ र पर्सामा १७ हजार ३ सय ३८ जना गरि जम्मा ८८ हजार १ सय ८६ जनाको स्वाब परिक्षण गरिएकोमा ८ हजार ५ सय २० जना संक्रमित भएका छन् भने ७४ हजार ४ सय ८० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार ४ सय ३, सिरहामा १ सय ६, धनुषामा १ हजार २ सय, महोत्तरीमा ४ सय ३३, सर्लाहीमा ४ सय ५५, रौतहटमा ८ सय ९७, बारामा ३ सय ६२ र पर्सामा ३ सय ३० जना गरि कुल ५ हजार १ सय ८६ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा ३६, सिरहामा ९५, धनुषामा २ सय २ र बारामा १ सय ६५ जना गरि ४ सय ९८ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको १३ हजार ६ सय ५८ बेड क्षमताको २ सय १६ वटा क्वारेन्टाइनमा अहिले १ हजार १ सय ३७ जनालाई राखिएको छ भने २ हजार २ सय ७६ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ३ हजार २ सय ३६ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ५८, सिरहामा १ सय ५३, धनुषामा ८०, महोत्तरीमा २८, सर्लाहीमा ८९, रौतहटमा ३५, बारामा ७६ र पर्सामा ४ सय ५१ जना गरि १ हजार ७० जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए । त्यस्तै यस प्रदेशमा सप्तरीमा ७५, धनुषामा ३ सय ६०, महोत्तरीमा ६ सय ५१, सर्लाहीमा ३ सय ६०, रौतहटमा ७ सय ४, बारामा २ सय ९१ र पर्सामा ७ सय ६६ जना गरि ३ हजार २ सय ७ जना होम आइसोलेसनमा रहेको उनले बताए ।

प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा १ हजार ८ सय ३४ जना संक्रमित भएका छन् । रौतहटमा १ हजार ५ सय २६, धनुषामा १ हजार २ सय ३१, सर्लाहीमा १ हजार १ सय ४१, महोत्तरीमा १ हजार १ सय ४, सप्तरीमा ७ सय २५, बारामा ५ सय ९९ र सिरहामा ३ सय ६० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ७७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा १ सय ३२ जना व्यक्तिहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका १०, धनुषाका १२ र पर्साका १ सय १० जना व्यक्तिहरु रहेका छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ४ सय ८८, सिरहाका २ सय १४, धनुषाका ७ सय ८१, महोत्तरीका ४ सय २३, सर्लाहीका ६ सय ९०, रौतहटका ७ सय ८४, बाराका २ सय १४ र पर्साका ५ सय ९० जना गरि ४ हजार १ सय ८४ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा २८, धनुषामा १०, बारामा ७, सप्तरीमा ४, रौतहटमा ३, सिरहामा ३, महोत्तरीमा २ र सर्लाहीमा २ जना गरि ५९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित : भदौ ८, २०७७

प्रतिक्रिया दिनुहोस्