ब्रोकर एसोसिएशनको निर्देशन- ‘चेकबाट शेयर खरिद नगर्नु’



काठमाडौं– स्टक ब्रोकर एशोसिएशन अफ नेपालले सबै सदस्य स्टक दलाल कम्पनीहरुलाई निर्देशन जारी गर्दै शेयर खरिद चेकमार्फत नगर्न र कनेक्ट आईपिएस वा अन्य विधिको प्रयोग गरेर शेयर खरिद बिक्री गर्न आग्रह गरेको छ ।

स्टक ब्रोकर संघले अनलाईनबाट शेयर खरिद नगरी चेकबाट खरिद बिक्री गर्दा राफसाफ गर्नै नसकिने अवस्था आएको भन्दै यस्तो निर्देशन दिएको हो ।

संघले अनलाईनका माध्यमबाट भुक्तानी हुने व्यवस्था भएमा मात्रै शेयर कारोबार गर्न सदस्य स्टक ब्रोकर कम्पनीहरुलाई निर्देशन दिइउको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्