आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ



जनकपुरधाम : सर्लाहीमा मादक पदार्थ सेवन गरेर ढुङ्गा प्रहार गरि एक व्यक्तिले आमाको हत्या गरेको छ ।

आमाको हत्या गरेको अभियोगमा लालबन्दी नगरपालिका–२ पुनर्वास टोल बस्ने ३२ वर्षीय राजबीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

पासवानले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५० वर्षीया उर्मिला पासवान र बुवा ५५ वर्षीय उपेन्द्र पासवानलाई ढुङ्गा प्रहार गर्दा टाउकोमा चोट लागेर उर्मिलाको घटनास्थलमै मृत्यु भएको थियो ।

टाउकोमा चोट लागी गम्भीर घाइते भएका बाबु उपेन्द्रको मनिषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले राजबीरलाई घरबाटै पक्राउ गरेको थियो ।

पक्राउ गरिएका राजबीर प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भदौ ७, २०७७

प्रतिक्रिया दिनुहोस्