बुटवलमा दुई जना कोरोना संक्रमितको मृत्यु



बुटवल : बुटवलमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपन्देहीका ३८ वर्षीय पुरुष र ६७ वर्षीय महिला रहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । भेन्टिलेटरमा उपचाररत उनीहरुको आइतबार दिउँसो १ बजे मृत्यु भएको हो ।

डा. थापाका अनुसार पुरुष भदौ १ गते अस्पताल आएका थिए । श्वासप्रश्वास र ज्वरो देखिएपछि भदौ २ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी साउन अन्तिम साता काम विशेषले बोडरमा गएको र त्यसपछि कोरोना संक्रमणको लक्षण देखिएको थियो ।

महिला गत साउन ३१ मा अस्पताल आएकी थिइन् । खोकी, ज्वरो र श्वासप्रश्वाशमा समस्या देखिएपछि उनलाई भदौ ३ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल आउनुअघि उनको बुटवल हस्पिटल प्रालिमा ३ दिन भर्ना गरेर उपचार गरिएको थियो । किड्नीमा समस्या भएकी उनमा पीसीआर पोजेटिभ देखिएपछि कोरोना अस्पतालमा ल्याइएको थियो ।

प्रकाशित : भदौ ७, २०७७

प्रतिक्रिया दिनुहोस्