पाँच वर्षीया बालिकासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि



चितवन : चितवनमा ५ वर्षीया बालिकासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार राति कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ७ महिलासहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. नीतु अधिकारीले जानकारी दिइन् ।

संक्रमितहरु भरतपुर महानगरपालिकाका– ७, ९, १०, ११ र १२ का हुन् ।

आइतबार राति १० बजेसम्म रहेको परीक्षणमा उनीहरुमा कोरोना देखिएको प्रयोगशालाले जनाएको छ । आइतबार २ सय ९ जनाको नमुना परीक्षण गरिएको थियो ।

प्रकाशित : भदौ ८, २०७७

प्रतिक्रिया दिनुहोस्