विद्यालयमा ८ हजार वृक्षरोपन



महेश सिंह / लहान : सिरहाको सुखीपुर नगरपालिका जनता माध्यमिक विद्यालय सुखीपुरले एक कार्यक्रमको आयोजना गरी स्कुलको चार विग्हा जग्गामा ८ हजार वृक्षरोपन गरेको छ ।

सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवको प्रमुख आथित्यमा जनता माध्यमिक विद्यालय सुखीपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य नाथ मण्डलको अध्यक्षतामा विभिन्न प्रजातीका ८ हजार विरुवा रोपेको प्रधाध्यापक सत्य नारायण यादवले बताए । उक्त विद्यालय सुखीपुर नगर पालिकाको वडा नम्बर ८ र ३ कुशहा लक्ष्मिनियाँस्थित रहेको जनता माध्यमिक विद्यालयको जग्गामा वृक्षा रोपन कार्यक्रम सम्पन्न गरेको छ । निःशुल्क वृक्षा र तारवार डिभिजन वन कार्यालय लहानको सहयोग रहेको छ । रोपिएको वृक्ष म नरहेपनि विद्यालयको ठूलो आम्दानीको श्रोत हुने भएकोले म आफ्नो कार्यकालको पहिलो कार्य वृक्षरोपनबाट शुरुवात गरेको छु । रोपिएको ८ हजार विरुवामध्ये अधिकांश विरुवा मलेसियन सखुवाको रहेकोले २० वर्षपछि करोडौं रुपैयाँको सम्पती स्कुलको हुनेछन् उनले बताए । त्यसैले जनसमुदायलाई आफनै वृक्ष सम्झी संरक्षणमा समेत सहयोग गरि दिन हुन जनता माध्यमिक विद्यालय सुखीपुरका अध्यक्ष मण्डलले स्थानीयलाई सहयोग गर्न आग्रह समेत गरेका थिए ।

कार्यक्रममा सुखीपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरिवंश महतो, वडा नम्बर ३ का राम करण दास, नेकपा नेता महेश साह, रजित पजियार , नेपाली कांग्रेसका प्रतिनिधि राम प्रसाद चौधरी, राम औतार यादव ,जनता समाजवादी पार्टीका दौरिक चौधरी, रमेश चौधरी, नेकपाका नगर सुधार समितिका अध्यक्ष वीपी भुवन यादव, विद्यालयको शिक्षक, व्यवस्थापक समितिका सदस्यहरु, ईलाका प्रहरी कार्यलयका प्रहरी कार्यालय सुखीपुर, सशस्त्र वेश क्याम्प सुखीपुरका प्रतिनिधी सहित अन्य कर्मचारीहरु र स्थानिय बुद्धिजिबि समाजसेवी समेतको उपस्थितिमा आज वृक्षा रोपन गरिएको छ ।

प्रकाशित : भदौ ८, २०७७

प्रतिक्रिया दिनुहोस्