पुजारीको हत्यारालाई तुरुन्त पक्राउ गर्न सांसद साहको माग



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा सांसद प्रभु साहले रौतहटको हनुमान मन्दिरको पुजारी राम साहको हत्याकाण्ड सम्बन्धमा पाँच बुँदे माग राखेका छन् ।

रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरमा ६५ वर्षीय पुजारी साहको गोली हानेर भदौ ३ गते हत्या गरिएको थियो ।

यसरी कोरोना महामारी र लकडाउनमा रौतहटमा श्रृंखलाबद्ध रुपमा भएको पुराजीको हत्यारालाई तुरुन्त पक्राउ गर्न सांसद साहले माग गरेका छन् ।

यसैगरी उनले मृतक साधु श्री रामलाई शहिल घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, श्री राम साहको सालिक सहिल भव्य हनुमान मन्दिरको निर्माण गरिनुपर्ने र शन्ति सुरक्षाको लागि उक्त बजारमा प्रहरी चौकीको स्थापना गर्नुपर्ने माग राखेका छन् ।

प्रकाशित : भदौ ८, २०७७

प्रतिक्रिया दिनुहोस्