पुजारीको हत्यारालाई पक्राउ गरि कडा कारबाही गर्न कांग्रेस उपसभापति निधिको माग



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले रौतहतको हनुमान मन्दिरको पुजारी श्रीराम साहको हत्यामा संलग्नलाई पक्राउ गरि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमा स्टाट्स लेख्दै उनले पुजारीको गोली हानी हत्या भएको चार दिन वितिसक्दा पनि सरकारले अहिलेसम्म केही नगरेकोमा आरोप लगाएका छन् ।

उनले शीघ्र हत्याराको खोजी गरी कडा सजाय दिन सरकारसँग माग समेत गरेका छन् । साथै मृतकको आत्माको चीर शान्तिको कामना समेत उपसभापति निधिले गरेका छन् ।

भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरमा ६५ वर्षीय पुजारी श्रीराम साहको अज्ञात सामूहले गोली हानी हत्या गरेका थिए ।

प्रकाशित : भदौ ८, २०७७

प्रतिक्रिया दिनुहोस्