लहानका कोरोना संक्रमित युवकको धरानमा मृत्यु



लहान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २२ वर्षीया कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।

आइतबार कोरोना संक्रमित पुष्टि भएका सिराहाको लहानका २२ वर्षीय युवकको उपचारका क्रममा सोमबार दिउँसो ३ बजे विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

लागूऔषध प्रयोगकर्ता समेत रहेका युवकमा श्वासप्रश्वासमा समस्या देखिएका उनी भदौ २ गते अस्पताल भर्ना भएका थिए । संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा सोमबार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

साथै उनमा मुटुसम्बन्धी समस्या पनि थियो । धरानमा शनिबारयता लगातार तीन दिन तीनजनाको मृत्यु भएको हो । शनिबार र आइतबार धरानकै पुरुषको मृत्यु भएको थियो ।

प्रकाशित : भदौ ८, २०७७

प्रतिक्रिया दिनुहोस्