संसारकै महंगो ट्रेन यात्रा : १८ लाखको टिकट, लग्जरी सुविधा



नयाँ दिल्ली : संसारका सबभन्दा महंगो रेल्वे यात्रा कहाँको होला ? त्यसको भाडा कति होला? सय कि हजार? यस्तो जिज्ञासा रहे पनि हाम्रै छिमेकी मुुलुक भारतमा यस्तो महंगो रेल्वे यात्रा छ जसको एक टिकटको मूल्य १८ लाख भारतीय रुपैया छ ।

हो, पत्याउनुस् वा नपत्याउनुस् । तर यो साँच्चिकै हो । भारतको महाराजा एक्सप्रेसको यात्रा संसारकै सबैभन्दा लग्जरी र महंगो ट्रेन यात्रा मानिन्छ । यो यति भव्य छ कि यसमा यात्रा गर्दा फाइभ स्टार होटल पनि सानो र कमजोर अनुभूति हुन्छ । यो ट्रेनमा राजा महाराजाजस्तै सेवा सुविधा प्राप्त छ । यसमा एक शाही यात्राको जस्तै आनन्द लिन सकिन्छ । यो ट्रेनले कतिपटक अन्तर्राष्ट्रिय अवार्ड पनि जितिसकेको छ ।

भारत दर्शनको उद्देश्यले यो महाराजा एक्सप्रेसको शुरुआत गरिएको थियो । यसको लम्बाई एक किलोमिटर छ । यसमा कुल २३ डब्बा छ, जसमा ८८ जना यात्रु यात्रा गर्न सक्छन् । यसमा यात्रु संख्या कम राख्नुको कारण नै शाही सवारीजस्तो अनुभूति गराउन हो ।

यसको रुट भारतको दिल्ली, आगरा, बीकानेर, फतेहपुर सीकरी, ओरछा, खजुराहो, जयपुर, जोधपुर, उदयपुर, रणथम्भोर, वारणसी र मुंबई हो । यसले यी विभिन्न स्थानको अवलोकन गराउँछ । यात्राका क्रममा मुम्बइको ताज महल पैलेस होटल, राजस्थानको सिटी पैलेस, रामबाग पैलेस होटल लगायतका कयौं फाइव स्टार होटलमा सुविधा दिन गरिएको छ । यसमा यात्राका लागि विभिन्न टुर पैकेज निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्