पर्सामा थप ३२ जना संक्रमित फेला



पर्सा : वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ३२ जना संक्रमित थपिएका छन् । जसमध्ये १० महिला रहेका छन् ।

संक्रमितमध्ये ३२ जना वीरगन्ज महानगरपाकिलकामा मात्रै १४ जनामा संक्रमण भेटिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

वीरगन्ज महानगरपालिका १२ का ३ जना, वडा नम्बर १४ का २ जना तथा वडा नम्बर ३, ४, ८, ९, १०, ११, १५, १६ र १७ का १ र १ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी गरी कालिकामाई गाउँपालिका वडा नम्बर २ र ५ का गरेर १२ जना, जगरनाथपुर गाउँपालिकाको वडा नम्बर २, ३, ५ र ६ का गरेर ५ जना र जिराभवानी गाउँपालिका ४ का १ जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए ।

३२ संक्रमित थपिएसँगै पर्सामा संक्रमितको संख्या ४ सय ३५ महिला सहित १ हजार ९ सय ७८ पुगेको छ । संक्रमित मध्ये उपचार पश्चात ७४ महिला सहित ३०४ जना घर फर्कि सकेका छन ।

प्रकाशित : भदौ ९, २०७७

प्रतिक्रिया दिनुहोस्