पर्सामा लागूऔषध चरेससहित दुई जना पक्राउ



पर्सा : लागूऔषध चरेससहित दुई जनालाइ पर्सा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पर्साको पटेर्वा सुगौली गाउपालिका ५ देवरियाका रामचन्द्र राय र जनार्धन ओझैइयालाई साढे आठ किलो लागूऔषध चरेस र १ किलो गाजाको धुलोसहित पक्राउ गरेको हो ।

गाउपालिकाको मनिअर्वा स्कुल सडक खण्डमा चेकजाच गर्ने क्रममा प्रहरीले उनिहरुलाइ लागूऔषध चरेससहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मनोजित कुवरले बताए ।

बिआर २२ एजि ७३७२ नम्बरको भारतीय मोटरसाइकलमा लागूऔषध चरेस र गाजाको धुलो लुकाइ छिपाइ ल्याइ रहेको अवस्थाबाट उनिहरुलाइ पक्राउ गरिएको हो ।

पक्राउ परेका दुबैजनालाइ लागूऔषधसहित थप अनुसन्धान र कारबाहिको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उनले बताए ।

प्रकाशित : भदौ ९, २०७७

प्रतिक्रिया दिनुहोस्