प्रभु बैंकले कलैया अस्पताललाई दियो पिपिई सेट



काठमाडौंः प्रभु बैंक लिमिटेडले जिल्ला अस्पताल कलैयालाई व्यक्तिगत सुरक्षा (पिपिई) प्रदान गरेको छ ।

बाराको कलैयास्थित प्रभु बैंक लिमिटेडले सोमबार जिल्ला अस्पताल कलैयालाई पिपिई सेट हस्तान्तरण गरेको हो ।

बैकका शाखा प्रबन्धक चन्दन प्रसाद गुप्ताले १० थान पिपिई सेट जिल्ला स्वास्थ कार्यालयका निरीक्षक तथा कोरोना रोगका फोकल पर्सन शंकर प्रसाद गुप्तालाई कार्यलयमा गएर हस्तान्तरण गरेका हुन् ।

बैंकका शाखा प्रबन्धक गुप्ताले बैकले विगतमा पनि धेरै समाजिक कार्यहरुमा सहयोग गर्दै आएको बताए । यस्तो विषम परिस्थितीमा पनि आफनो ज्यानको पनि परवाह नगरि रात दिन कोरोना पोजेटिभ संक्रमितहरुको उपचारमा संग्लगनको पनि सुरक्षा गर्नु बैंकको दायित्व रहेको बताए ।

प्रकाशितः ९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्