अवैध लागूऔषध अफिम कारोबार गर्ने दुई व्यक्ति पक्राउ



काठमाडौं : महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले अवैध लागूऔषध अफिमको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोट त्रिवेणी नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका ४ बस्ने २२ वर्षीय दिलीप विश्वकर्मा र दोलखा भिमेश्वर नगरपालिका–६ स्थायी घर भई हाल सोही वडा बस्ने १८ वर्षीया प्रमिला राउत रहेका छन् ।

अवैध लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई तारकेश्वरस्थित शेषमति सानोपुल नजिकबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

उनीहरुको साथबाट प्रहरीले ६ केजी ५ सय ग्राह लागूऔषध अफिम बरामद गरेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

उनीहरुको साथबाट बरामद सामान गाउँबाट १ लाख ५० हजारको प्रति केजीका दरले ल्याए ८ लाख प्रति केजीको दरले बेच्न खोजेको बुझिएको उनले बताए ।

प्रकाशित : भदौ १०, २०७७

प्रतिक्रिया दिनुहोस्