दार्चुलामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु



दार्चुलाः दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मार्मा गाउँपालिकाका-२ सेलभिसाबाट चामल र मानिस बोकेर अपि हिमाल गाउँपालिकाको मकरीगाड जाँदै गरेको से ४ क ४०४७ नम्बरको ट्याक्टर रातापानीमा दुर्घटना भएको प्रहरीको भनाइ छ । मार्मा गाउँपालिका-६ का ४० वर्षीय गणेश धामीको मृत्यु भएको छ ।

त्यस्तै दुर्घटनामा परी मार्मा गाउँपालिका-१ का १६ वर्षीय विकास नेपाली, सोहि ठाउँका ५३ वर्षीय रामसिंह महरा, १९ वर्षीय कृष्ण नेपाली, २२ वर्षीय सागर नेपाली र अपि हिमाल गाउँपालिका–२ का विरसिह लोथ्याल घाइते भएका छन् ।

घाइते पाँचै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । ट्याक्टर चालक कमल लामालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशितः १० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्