शुक्लाफाँटा निकुञ्जको एक करोड आम्दानी



कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आव २०७६/७७ मा रु एक करोड ३४ हजार ७८५ राजस्व सङ्कलन गरेको छ । अघिल्लो वर्षको तुलनामा निकुञ्ज कार्यालयले रु १४ लाख ११ हजार ४३७ बढी राजस्व सङ्कलन गरेको हो । निकुञ्ज कार्यालयले आव २०७५/७६ मा ८६ लाख २३ हजार ३४७ राजस्व सङ्कलन गरेको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालका अनुसार निकुञ्ज कार्यालयले २०७६/७७ मा काठ दाउरा बिक्री वितरणबाट रु ३५ लाख ८९ हजार ६६६ राजस्व सङ्कलन गरेको छ । यसैगरी पर्यापर्यटनबाट रु आठ लाख दुई हजार ६८७, दण्ड जरिवानाबाट रु २४ लाख ६० हजार १८९ र अन्य शिर्षकबाट रु ३१ लाख ८२ हजार २४३राजस्व सङ्कलन गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आव २०७६/७७ मा एक हजार ७७५ जना पर्यटकले भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा चार हजार २९४ ले घटी हो । आव २०७५/७६ मा छ हजार ६९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । कोरोना महामारीको सङ्क्रमण र जोखिमका कारणले चैत, वैशाख र जेठमा बन्दाबन्दीको अवस्था रहेकाले पर्यटकीय गतिविधिमा कमी आएको निकुञ्ज कार्यालयका प्रमुख पौड्यालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्