चितवनमा पाँच महिने बालकसहित ४५ जनामा कोरोना संक्रमण



चितवन : चितवनमा पाँच महिने बालकसहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार राति भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेज (सीएमसी) मा भएका परीक्षणमा चितवनका ४५ सहित ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालको प्रयोगशालामा १ सय ५९ नमुनाको परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको थियो । तीमध्ये १४ जना रत्ननगर नगरपालिकाका रहेका छन् ।

यसैगरी माडी नगरपालिकाका नौ जनामा र भरतपुर महानगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ । बाँकी एक जना तनहुँ, देवाघाट गाउँपालिकाको रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै सीएमसीमा हिजो राति १ सय ५५ वटा नमुनाको परीक्षण गर्दा २६ जनामा संक्रमण भेटिएको अस्पतालले जनाएको छ । तिनमा नवलपुरका तीन, सर्लाहीका दुई र तनहुँका एक गरी ६ जना संक्रमितबाहेक बाँकी २० जना चितवनकै हुन् । चितवनका २० जनामा रत्ननगरका चार जनाबाहेक १६ जना भरतपुर महानगरपालिकाका छन् ।

नगर स्वास्थ्य संयोजक शिवहरि सुवेदीले भर्खर पास्नी गरिएका एक जना ५ महिने बालक र उनको परिवारका दुई जना सदस्यमा पनि संक्रमण देखिएको जानकारी दिए ।

प्रकाशित : भदौ ११, २०७७

प्रतिक्रिया दिनुहोस्