रिलायन्स लाइफको प्रारम्भिक सेयर निष्कासमा ६३ लाख आवेदन



काठमाडौं : रिलायन्स लाइफ इन्स्योरेन्सले प्ररम्भिक निष्काशनमा ६३ लाख आवेदन परेको छ । कम्पनीको प्रारम्भिक निष्काशनमार्फत सर्वसाधारणमा जारी गरेको एक सय अंकित दरका ६३ लाख कित्ता साधारण शेयरमा आवेदन परेको छ ।

यही भदौ २४ गतेदेखि भदौ ८ गतेसम्म कम्पनीको एक सय अंकित दरका ६३ लाख कित्ता साधारण शेयरमा इच्छुक करिब ६ लाख नौं हजार लगानीकर्ताहरुबाट नेपालको पुँजी बजारकै इतिहासमा प्रारम्भिक शेयर निष्काशनमा सर्वाधिक आवेदन प्राप्त भई निष्काशन गरेको धितोपत्रको ३.८५ गुणाका लागि आवेदन पर्न गएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ भने शेयर प्रत्याभूतिकर्ता प्रभु क्यापिटल रहेको छ ।

प्रकाशित : भदौ ११, २०७७

प्रतिक्रिया दिनुहोस्