एनआइसी एशिया बैंकको ‘क्यूआर रिफर एण्ड अर्न’ योजना



काठमाडौं : एनआइसी एशिया बैंकले नयाँ क्यूआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘क्यूआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ ।

एनआइसी एशिया बैंकका क्यूआर मर्चेन्ट तथा ग्राहकहरुले भदौ र असोज महिनाभर उक्त योजनामा सहभागी हुन सक्नेछन् ।

यस योजनामा बैंकसँग रहेका क्यूआर मर्चेन्ट एवं ग्राहकहरूले उक्त २ महिनाको अवधीमा नयाँ क्यूआर मर्चेन्ट रिफर गरी उक्त नयाँ क्यूआर मर्चेन्टले यस योजना अवधिमा बैंकमा चालु खाता खोलेर क्यूआरमा आबद्ध भएमा रिफर गर्ने क्यूआर मर्चेन्ट एवं ग्राहकहरूलाई बैंकले प्रति रिफर मर्चेन्ट सात सय ५० खुद रकम प्रदान गर्नेछ ।

साथै सो २ महिनाको अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी क्यूआर मर्चेन्टहरू बैंकमा आबद्ध गराउने १० जनालाई थप जनही ५० हजार रकम प्रदान गरिने समेत व्यवस्था गरिएको छ ।

प्रकाशित : भदौ ११, २०७७

प्रतिक्रिया दिनुहोस्