बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु



रुपन्देही : बुटवलमा बिहीबार बिहान एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको हो ।

अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार उनी गत भदौ १ गते अस्पतालमा भर्ना भएकी थिइन् ।

डा. थापाका अनुसार मृतकलाई ५ गते भेन्टिलेटरमा राखिएको थियो भने ७ गते कोरोना निको भएका बिरामीबाट प्लाज्मासमेत दिइएको थियो । मृत्यु भएकी बिरामीमा कोरोना भएपछि भएको निमोनियाका कारण मृत्यु भएको डा. थापाले जनाए । यसअघि अस्पतालमै उपचाररत कपिलवस्तुका एक जना पुरुषको बुधबार राति मृत्यु भएको थियो ।

अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रकाशित : भदौ ११, २०७७

प्रतिक्रिया दिनुहोस्