राष्ट्रपति र म्यान्मारका मन्त्रीबीच भेटघाट



काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यानमारका लगानी तथा वैदेशिक आर्थिक सम्बन्ध मन्त्री थाउङ टुनले राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा दुई देशबिचको सम्बन्ध, आपसी हित र चासोका विषयमा विचार विमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटका बेला नेपाल तथा म्यान्मा सरकारका उच्चपदस्थ अधिकारीको पनि उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस्