फर्स्ट माइक्रोफाइनान्सले १३.६८ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो लगानीकर्तालाई लाभान वितरण गर्ने भएको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट ९.६० प्रतिशत बोनस र ४.१८४ प्रतिशत नगद गरी कुल १३.६८४२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीका अनुसार सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने छ ।

कम्पनीले ७ करोड ६० लाख ७० हजार ४ सय ५४ रुपैयाँ बराबरको बोनस वितरण गर्ने जनाएको छ । ३ करोड ३५ लाख ४ हजार ६८३ रुपैयाँ नगद बाँड्नेछ ।

फर्स्टको चुक्ता पुँजी ८० करोड ७ लाख ४० हजार रुपैयाँ छ । अहिले घोषणा गरेको बोनस सेयर वितरणपछि पुँजी ८७ करोड ६८ लाख ११ हजार २ सय रुपैयाँ पुग्नेछ ।

प्रकाशित : भदौ ११, २०७७

प्रतिक्रिया दिनुहोस्