लिवर्टी इनर्जीको साधारण शेयर अर्को हप्ता बाँडफाँड हुने



काठमाडौंः लिवर्टी इनर्जी कम्पनी लिमिटेडले निश्काशन गरेको साधारण शेयर अर्को हप्ता भित्र बाँडफाँड हुने भएको छ ।

शुक्रबारसम्म बैंकबाट सबै डाटा आएपछि बाँडफाँड गरिने कम्पनीले जनाएको छ । कम्पनीले भदौं ३ गतेदेखि ७ गतेसम्म प्रतिशेयर १०० अंकित मूल्यका कूल ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निश्कासन गरेको थियो ।

साधारण शेयरमा १ लाख ८९ हजार बढी आवेदकबाट ७२ करोड ७६ लाख बढीको शेयरको लागि आवेदन दिएका थिए । साधारण शेयर स्थानीयवासीलाई जारी गरिसकेको र सर्वसाधारणलाई निश्कासन गरी बाँडफाँड पछि पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व ५० करोड रुपैयाँ हुनेछ ।

कोरोना भाइरसका कारण बैंकमा परेको शेयर फारम ठिक छ कि छैन खातामा पैसा छ कि छैन भनेर चेकजाँच गर्न बैंकमा कर्मचारी अभाव भएको कारण साधारण शेयर बाँडफाँडमा ढिलो भएको क्यापिटलले जनाएको छ ।

प्रकाशितः ११ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्