आज समृद्धि फाइनान्सको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन



काठमाडौंः समृद्धि फाइनान्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनार्थका लागि भोलिबाट बुक क्लोज गर्दैछ । आज सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरका लागि आवेदन दिन सक्ने छन् । फाइनान्सको हकप्रद शेयर निष्कासन प्रक्रिया अब छिट्टै नै अघि बढ्नेछ ।

उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । फाइनान्सले १ बराबर २ को अनुपातमा ३६ करोड ३९ लाख ६० हजार ६ सय रूपैयाँ बराबरको ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर निष्कासन गर्न २०७६ साल फागुन २३ गते सेबोनमा निवेदन दिएकोमा बोर्डबाट भदौ २ गते अनुमति पाइसकेको छ ।

त्यसैगरी, फाइनान्सले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष कमजोर रहेको देखाउँछ ।

प्रकाशितः ११ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्