उपत्यकामा ३७७ सहित देशभर १ हजार १११ जना कोरोना संक्रमित थपिए



काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७७ सहित देशभर १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६ सय २९ जनाको नमुना परीक्षण गर्दा १ हजार १११ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३३४ जना महिला छन् भने ७७७ जना पुरुष छन् ।

यसैगरी काठमाडौं जिल्लामा २ सय ७० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । त्यस्तै ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।

संक्रमितहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

प्रकाशित : भदौ ११, २०७७

प्रतिक्रिया दिनुहोस्