नेप्समा आज ४ अंकको गिरावट



काठमाडौंः लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने झिनो अंकले ओरोलो लागेको छ ।

लगातार उकालो लाग्दै नेप्से परिसूचक आज भने ४ अंकले घटेर १ हजार ४५८.०४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १.६४ ले ओरोलो लागेर २९७.१० मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८८ कम्पनीको ४९ लाख ६७ हजार ४०३ कित्ता शेयर १ अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० मा कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर मात्रै उकालो लागेको छ । निर्जीवन बीमा १९.७३, उत्पादन ४१.१६ र जीवन बीमा ११.०५ ले बढेको छ ।

यस्तै, बैंकिङ ४.०६, व्यापार १४.३, होटल २१.५५, विकास बैंक २१.९८, जलविद्युत् ७.१७, वित्त ३.२७, अन्य ०.४६, लघुवित्त २३.५ र सामूहिक लगानी कोष ०.०७ ले घटेको छ । कारोबारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी नै शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको २३ करोड १२ लाख ९४ हजार ३२९ बराबरको कारोबार भयो । नेको इन्स्योरेन्स रु १२ करोड ४६ लाख ८९ हजार ५५६, हिवम् सिमेन्ट ९ करोड ५१ लाख ८८ हजार ४०८, एनआइसि एशिया बैंक ८ करोड ३१ लाख ४७ हजार ८८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ७ करोड ३९ लाख १२ हजार ९९८ र एनएमबी बैंकको ६ करोड ९५ लाख ५३ हजार ५१५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एनआरएन इन्फ्रास्टकचर एण्ड डेभलपमेन्ट लिमिटेड ९.८२, दिव्यश्वरी हाइड्रोपावर ५.८४, शिवम् सिमेन्ट ५.१०, कालिका पावर कम्पनीका लगानीकर्ताले ४.८१ प्रतिशतले कमाए ।

त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्था ४.०७, गुराँस लघुवित्त ४.०४, रसुवागढी हाइड्रोपावर ३.९२ र विशाल बजार कम्पनीका लगानीकर्ताले ३.९० प्रतिशतले गुमाए ।

प्रकाशितः ११ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्