कञ्चनपुरमा खैरो हिरोईनसहित एक जना पक्राउ



कञ्चनपुरः बेदकोट नगरपालिका-७ सुडाका ३४ वर्षीय एक व्यक्तिलाई प्रहरीले लागु औषध खैरो हिरोईनसहित पक्राउ गरेको छ ।

पक्राउ परेका विरेन्द्र साउँद हुन् । उनबाट ४.८५ ग्राम खैरो हिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।

उनलाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धानको कार्य भइरहेको छ । खुला सीमा नाकाको फाइदा उठाउँदै लागु औषधका भारतीय कारोवारीले खैरो हिरोईन पुर्याउने कार्य गर्दै आएका बताइएको छ ।

प्रकाशितः ११ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्