बेलायतले नेपाललाई ७ अर्ब १४ करोड सहयोग गर्ने



काठमाडौंः बेलायत सरकारले नेपाललाई ४५.८ मिलियन पाउण्ड आर्थिक सहयोग गर्ने भएको छ ।

कोरोना भाइरसले निम्त्याएको संकटसँग जुध्न बेलायतले नेपाललाई दिएको उक्त रकम ७ अर्ब १४ करोड नेपाली रुपैयाँ बराबर हुन आउँछ ।

अर्थमन्त्री डा.युवराज खतिवडा र बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमदबीच भिडियो कन्फ्रेन्समार्फत उक्त सहयोगको सहमति भएको हो ।

सो भेटमा राज्यमन्त्री अहमदले बेलायत नेपालका विभिन्न क्षेत्रमा थप सहयोग बढाउन र सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । अर्थमन्त्री डा. खतिवडाले बेलायत सरकारले स्वास्थ्य क्षेत्र, सामाजिक सुरक्षा तथा पूर्वाधार क्षेत्रमा ठूलो सहयोग गर्ने गरी प्रस्ताव गरेकोमा धन्यवाद दिए ।

प्रकाशितः ११ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्