ग्राहकको सहजताका लागि एभरेष्ट बैंकको यस्तो छ नयाँ स्किम



काठमाडौं– एभरेष्ट बैंक र कमलपोखरीको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्री(सी.डी.एल)बीच आरटी पीसीआर परीक्षणको लागि सम्झौता भएको छ ।

कोरोनाको संक्रमणको जोखि बढेकाले ग्राहकहरुको सहजताको लागि एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणमा छुटको व्यवस्था गर्ने निर्णय गरेको हो ।

सम्झौता अनुसार एभरेष्ट बैंकको डेबिटरक्रेडिट कार्ड होल्डर ग्राहकहरुले सी.डी.एल बाट आरटी पीसीआर परीक्षण गर्दा सरकारी दर अनुसार लाग्ने ५ हजार ५ सय रुपैयाँमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

नगद करोबारमा पनि कोभिड-१९ को जोखिम भएको हुँदा, ग्राहकहरुले ईबीएल मोबाईल बँकिङ्ग एप-ईबीएल टच २४० प्रयोग गरेर पनि कोभिड-१९ परीक्षण शुल्क भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्