ओप्पो र अमेरिका मोभिलबीच सहकार्यमा सम्झौता



काठमाडौंः ओप्पो र अमेरिका मोभिल (ल्याटिन अमेरिकाको सर्वाधिक ठूलो दूरसञ्चार अपरेटर) ले रणनैतिक सहकार्यको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै अब मेक्सिकन र ल्याटिन अभेरिकी बजारमा ओप्पो स्मार्टफोन अमेरिका मोभिलको सो क्षेत्रका लागि सहायक कम्पनी टेलसेल र क्लारो मार्फत उपलब्ध हुने छन् ।

ल्याटिन अमेरिका साथै विश्वको बजार विस्तारका लागि यसले ओपोको ठूलो सफलताको प्रतिनीधित्व गर्ने जनाइएको छ । ‘अमेरिका मोभिलसँग रणनैतिक साझेदारी मार्फत स्थानिय उपभोक्तालाई अझ सुदृढ सञ्चार अनुभव प्रदान गर्न पाउनु हाम्रालागि निकै गौरवको विषय हो । अमेरिका मोभिलसँगको यस साझेदारीले ओपोलाई ल्याटिन अमेरिकाको मेनस्ट्रिम बजार प्रवेशका लागि सहजता प्रदान गरेको छ । विश्व बजार विकासमा यसको विशेष महत्व छ’, ओप्पोका उपाध्यक्ष तथा ग्लोबल सेल्सका अध्यक्ष एलेन वुले भने ।

‘अमेरिका मोभिल उद्योगकै अग्रणी बहुराष्ट्रिय नेटवर्क अपरेटर हो । अमेरिका मोभिल र ओपो विचको यस सहकार्यले थप नवप्रबर्तनात्मक उत्पादन तथा सेवाहरु ल्याटिन बजारमा भित्रिनुका साथै प्रयोगकर्तालाई उत्कृष्ट अनुभवका साथै भविष्यका थप नजिक आएको अनुभव प्रदान हुने हामीले आशा लिएका छौँ’, टेलसेल मार्केटिङका उप निर्देशक मार्कोस लिनेर्सले भने ।

महत्वपूर्ण ग्लोबल नेटवर्क अपरेटर्ससंग सहकार्य स्थापना तथा विकास, विश्व बजारमा ब्राण्ड प्रबर्तनका लागि ओपोको प्राथमिकतामा रहेको रणनीति हो । हालसम्म ओपोले विश्वभरका ८० भन्दा बढी नेटवर्क अपरेटर्ससंग पार्टनरशिप स्थापित गरिसकेको छ । सन् २०२० देखि ओपो र नेटवर्क अपरेटर्सका बीच स्थापित विभिन्न पार्टनरशिपका श्रृङ्खलाले यूरोप र जापान जस्ता म्याच्योर्ड बजारमा महत्वपूर्ण उपलब्धिहरु हातपार्न सघाएको छ ।

साथै आउने १-२ बर्षमा ओपोले यूरोप, एसिया प्यासेफिक र ल्याटिन अमेरिका लगायत क्षेत्रमा थप प्रमुख वाहकहरु सँग अझ बढी उपभोक्तासम्म पुग्न पार्टनरशिप स्थापनाको लक्ष्य राखेको छ ।

प्रकाशितः १२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्