३ अर्बको ट्रेजरी बिल राष्ट्र बैंकले बिक्री गर्दै



काठमाडौंः नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बोलकबोल प्रक्रियाका माध्यमबाट जारी गर्न लागिएको उक्त ट्रेजरी बिल २०७७ साल मंसिर १६ गते परिपक्क हुने छ ।

बैंकले एक सूचनामार्फत ९१ दिनको अवधिका लागि ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको जनाएको छ । भाद्र १५ गते, सोमबार ३ बजे बोलकबोल भएर भाद्र १७ गते, बुधबार ट्रेजरी बिल जारी हुने बैंकले जनाएको छ ।

प्रकाशितः १२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्