सुबिसुको सेल्फ केयर पोर्टलबाट सबै जानकारी लिन सकिने



काठमाडौं: केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेटले आफ्ना ग्राहक वर्गका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ ।

सुबिसु सेल्फ केयर पोर्टलको प्रयोगबाट ग्राहकहरुले आफुले खरिद गरेको सेवाको बारेमा विविध जानकारी लिन सक्ने भएका छन् । अनलाइन भुक्तानीबाट सेवा नविकरण गर्न पनि सक्ने भएका छन् ।

त्यस्तै आफ्नो हालको सेवालाई आफुले चाहे अनुरुप विभिन्न सेवा प्लानमा अपग्रेड गर्न सक्ने छन् । ग्राहकको सहजता एवं सेवाको पारदर्शीताका लागि सेल्फ केयर पोर्टलले विश्वास लिएको छ ।

प्रकाशितः १२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्