मोहना पुलमा बेहोस भएका रावलको मृत्यु



धनगढीः मोहना पुल पार गर्दै गर्दा बेहोस भएर ढलेका लोक बहादुर रावलको मृत्यु भएको छ ।

आज बिहान भारतको राजस्थानबाट फर्किएका अछामको बान्नीगढी गाउँपालिका-४ लिडिका ५२ वर्षीय लोक बहादुर रावल पैदल आउँदै गर्दा मोहना पुलमै बेहोस भएर ढलेका थिए ।

क्षयरोगका बिरामी उनी चर्को गर्मीका कारण बाटोमै बेहोस भएर ढलेका रावललाई त्रिनगर भन्सारमा खटिएका जिल्ला प्रहरी कार्यालयका निरिक्षक लक्ष्मीराज जोशीको टोलीले एम्बुलेन्सको व्यवस्थापन गरी अस्पताल पुर्याएका थिए । उपचारका क्रममा दिउँसो सवा १२ बजे उनको मृत्यु भएको छोरा खगेन्द्र रावलले बताए ।

प्रकाशितः १३ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्