रौतहटका कोरोना संक्रमित पुरुषको वीरगन्जमा मृत्यु



वीरगन्ज : नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । आइतबार बिहान रौतहटको राजपुर, तुल्सीका ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

मधुमेहको बिरामी रहेका ती युवकमा पछिल्लो सयम निमोनिया समेत देखिएको अस्पतालले जनाएको छ । शुक्रबार उक्त अस्पताल भर्ना भएका उनको उपचार क्रममा आइतबार बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जनाए ।

‘मधुमेहका समेत रोगी रहेका ती युवकमा गम्भीर किसिमको कोभिड निमोनिया देखिएको थियो,’ उनले भने ।

प्रकाशित : भदौ १४, २०७७

प्रतिक्रिया दिनुहोस्