सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारण सभा



काठमाडौं : सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको २३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

गत साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार शनिबार प्रधान कार्यालय भगवतीमार्ग नक्साल, काठमाडौंमा साधारण सभा सम्पन्न गरेको हो । तर, कम्पनीले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश भने वितरण नगर्ने भएको छ ।

गत जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा मुनाफा रहेको भएतापनि एनएफआरएसमा बाँडफाँडका लागि योग्य रकम ऋणात्मक रहेकोले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको थियो ।

यता सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।

त्यसैगरी सभामा निर्जिवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने पनि विशेष प्रस्ताव रहेको छ ।

प्रकाशित : भदौ १४, २०७७

प्रतिक्रिया दिनुहोस्