एनएमबि बैंक र आईएमएसबीच सम्झौता



काठमाडौं : एनएमबि बैंक र आईएमएसबीच मोबाइल फोनको खरीदमा शुन्य प्रतिशत ब्याजदरमा कर्जा प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक सेल्स एण्ड अपरेशन नारायण प्रसाद भुषालले हस्ताक्षर गरेका छन् । हालसम्म बैंकले १ सय ८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १ सय ३५ एटीएमहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्झौतापछि एनएमबिका ग्राहकहरुले स्यामसङ्ग मोबाइलको आधिकारीक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरुको खरीदमा ‘एनएमबि सुलभ किस्ता’ योजनाअन्तर्गत ९ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्ने बैंकले जनाएको छ ।

प्रकाशित : भदौ १४, २०७७

प्रतिक्रिया दिनुहोस्