सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?



काठमाडौं– आइतबार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको छ ।

शुक्रबारको तुलनामा आइतबार मूल्य तोलामा ३०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ९७ हजार २०० रुपैयाँ तोकिएको छ। शुक्रबार तोलाको ९६ हजार ९०० मा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला ९६ हजार ७०० मा कारोबार भइरहेको छ। शुक्रबार तोलाको ९६ हजार ४०० रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य तोलाको एक हजार ३४० तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्