लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित व्यक्तिको मृत्यु



काठमाडौं : रुपन्देहीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मध्याह्न १२ बजेर ३० मिनेटमा मृत्यु भएको हो

श्वासप्रश्वासमा समस्या हुनुका साथै ज्वरो आएपछि उनी आइतबार बिहान ४ बजेर ३५ मिनेटमा अस्पताल भर्ना भएका थिए । उनी मुटु रोग, मधुमेह र प्रेसरको समस्या रहेको अस्पतालले जनाएको थिए ।

मृतक कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।

प्रकाशित : भदौ १४, २०७७

प्रतिक्रिया दिनुहोस्