कैलालीमा युवतीमाथि सामूहिक बलात्कार, चार पक्राउ



कैलाली : कैलालीमा १७ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

भदौ ११ गते राति आफन्त काकाको घरबाट फर्कने क्रममा युवतीमाथि सामूहिक बलात्कार भएको थियो ।

बलात्कारको आरोपमा प्रहरीले जानकी गाउँपालिका– ९ का दीपक कडारा, सोही वडाकै लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई पक्राउ गरेको छ ।

पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसूधन न्यौपानेले बताए ।

पक्राउ परेका चारैजनालाई म्याद थपका लागि जिल्ला अदालत लगिएको छ । साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रमुख न्यौपानेले बताए ।

प्रकाशित : भदौ १४, २०७७

प्रतिक्रिया दिनुहोस्