देशभर थप १२२१ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्र ४२९ जना संक्रमित



काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय २९ सहित देशभर १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ७ सय १७ नमुना परीक्षण गर्दा ३ सय ४८ महिला र ८ सय ७३ पुरुषमा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमका अनुसार काठमाडौं जिल्लामा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु कहाँका हुन् भन्नेबारे मन्त्रालयले केही खुलाएको छैन ।

प्रकाशित : भदौ १४, २०७७

प्रतिक्रिया दिनुहोस्