९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५४ वर्षीय पुरुष पक्राउ



पोखरा : पोखरामा बालिका बलात्कार गरेको आरोपमा ५४ वर्षीय पुरुष पक्राउ परेका छन् । पोखरा रामबजारकी ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा स्याङ्जा विरुवाबाट ५४ वर्षीय रेसबहादुर गुरुङ पक्राउ परेका हुन् ।

आफन्तले दिएको जाहेरीको आधारमा उनलाई स्याङ्जाबाट पक्राउ गरी पोखरा ल्याएर थप अनुसनधान अगाडि बढाइएको कास्की प्रहरी प्रमुख एसपी जीवनराम श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार बालिकाका बाबुआमा दुवै जना विदेश छन् । उनी बालिकाको छिमेकी हुन् । प्रहरीका अनुसार ती पुरुषले बालिकालाई चकलेट खान दिने, फकाउने र अनैतिक काम गर्न लगाउन थाले ।

आमाबुबा विदेशमा रहेका बालिकालाई फकाएर सोध्दा घटनाबारे सबै यथार्थ बताएपछि आफन्तले प्रहरीमा जाहेरी दिएका कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

जाहेरीका आधारमा आइतबार राति उनलाई पक्राउ गरी पोखरा ल्याइएको छ । आज अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाउने उनले बताए ।

बालिकाको मेडिकल जाँचसमेत भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भदौ १५, २०७७

प्रतिक्रिया दिनुहोस्