कर्णाली प्रदेशमा कोरोना संक्रमित १३ जना डिस्चार्ज हुँदा २६ जना थपिए



सल्यानः कर्णाली प्रदेशमा कोरोना संक्रमितहरु १३ जना डिस्चार्ज हुँदा २६ जना थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा २६ जनामा कोरोना पुष्टि भएको हो ।

प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ८, सल्यानका २, रुकुम पश्चिमका ४, हुम्लाका १, अछामका ४, बर्दियाका १, काठमाडौंका १ र रौतहटका १ गरी २२ जनामा कोरोना पुष्टि भएको छ ।

चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा सल्यानका ४ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा सुर्खेतले जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमतिको संख्या २ हजार ४ सय २ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जना कोरोना जितेर घर फर्किदा हालसम्म निको हुनेको सख्ंया २ हजार ७१ पुगेको छ । हालसम्म कर्णाली प्रदेशमा कोभिडले ६ जनाको मृत्यु भएको छ भने ३२५ जना उपचाररत छन् ।

प्रकाशितः १५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्